ताजा समाचार

सुदूरपश्चिम पुगेर ओलीले भने ‘निर्मलाको हत्यारा पत्ता लगाएरै छोडिन्छ’

सुदूरपश्चिम पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको हत्यारा पत्ता लगाएरै छाड्ने बताएका छन् । बुधबार सुदूरपश्चिम प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले निर्मला बलात्कार हत्या कांण्ड अत्यन्त दुःखद कुरा भएको बताए। ‘हाम्री चेलीबेटीको यसरी हत्या हुनु अत्यन्त दर्दनाक कुरा हो। अत्यन्त दुःखद कुरा हो। सम्बोधनका क्रममा ओलीले भने ।

‘हत्यारा पत्ता लगाउने प्रयास जारी रहेको भन्दै ओलीले उनले भने ‘सरकारले हत्यारा पत्ता लगाउन थुपै्र अनुसन्धान गरेको छ। तर कहिलेकाही अपराधीले प्रमाण छोडेर जाँदैन। तर सरकारले हत्यारा पत्ता लगाएरै छोड्छ।’

विकासका लागि स्थगानीय तह, प्रदेश र केन्द्र सरकारले मिलेर जानुपर्ने पनि प्रधामन्त्रीले बताएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org