ताजा समाचार

विर अस्पतालको लिफ्ट चुडिँदा २ जनाको मृत्यु

वीर अस्पतालको निर्माणाधीन भवनको लिफ्ट चुडिँदा दुईजनाको मृत्यु भएको छ । एकजना कामदारगम्भीर घाइते छन् । घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सप्तरीका नवीन चौधरी र भूमिकुमार चौधरी रहेका छन् । उनीहरु अस्पतालको बन्दै गरेको भवनमा कार्यरत थिए ।

एक जनाको उपचारको क्रममा ट्रमा सेन्टर लैजार्दै गर्दा र एक जनाको उपचार हुँदै गर्दा मृत्यु भएको ट्रमा सेन्टरले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org