ताजा समाचार

निर्मलाका आमाबुवाले किन गरे धर्ना स्थगित ?

कञ्चनपुर । निर्मलाको न्यायका लागि कञ्चनपुरमा कात्र्तिक २५ गतेबाट जार धर्ना स्थगित गरिएको छ । निर्मलाका परिवार र अधिकारकर्मीले न्यायका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेट अगाडि धर्ना शुरु गरेका थिए ।

निर्मलाका बुबा यज्ञराज पन्तको स्वास्थ्य परीक्षणको लागि काठमाडौं जानुपर्ने भएकाले धर्ना स्थगित गरिएको अधिकारकर्मी मीना भण्डारीले जानकारी दिइन्।

१ सय ३ दिनपछि यज्ञराजको स्वास्थ्य अवस्थाका कारण धर्ना स्थगित गरिएको भण्डारीको दावी छ।

गत साउन १० गते साथीको घर जान्छु भनेर घरबाट निस्किएकी निर्मलाको शव भोलिपल्ट नजिकैको उखुबारीमा फेला परेको थियो। आठ महिना बितिसक्दा पनि प्रहरीले हत्यारा पक्राउ गर्न सकेको छैन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org