ताजा समाचार

पाकिस्तानले भारतका दुई विमान खसाल्यो, एक पाइलट नियन्त्रणमा लिएको दावि

ईस्लामावाद ।

पाकिस्तानले दुई भारतीय वायुसेनाका विमान नियन्त्रणमा लिएको बताएको छ । लाइन अफ कन्ट्रोल पार गरी पाकिस्तानी भूमि प्रवेश गरेका दुई भारतीय विमानलाई खसालेको दाबी पाकिस्तानी सेनाले गरेको हो ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जेनरल असिफ घफुरले ट्वीट गर्दै एउटा विमान आजाद जम्मू काश्मिरमा र अर्को विमान भारत नियन्त्रित जम्मू काश्मिरमा खसेको जानकारी दिएका छन्। उनले एक जना भारतीय पायलटलाई नियन्त्रणमा लिएको समेत बताएका छन्।

केहीबेर अघि भारतको जम्मू कश्मिर भारतीय वायु सेनाको एमआइ – १७ विमान दुर्घटना भएको बताइएको थियो।

एएनआइका अनुसार सो विमान दुर्घटना भएको क्षेत्रबाट दुई जनाको शव फेला परेको बताइएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org