ताजा समाचार

UPDATE: हेलिकप्टर दुर्घटना: मन्त्री अधिकारीसहित यी हुन सवार अन्य व्यक्ति

काठमाडौं ।

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित यति एयरलाइन्स अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका सरकारी स्वकीय सचिव युवराज दाहाल र अर्जुन गुरुङ सवार रहेको बताइएको छ । अन्य दुई जना सवारको नाम खुल्न सकेको छैन् ।

ताप्लेङको पाथिभाराका लागि हिँडेको एयर डाइनेस्टीको हेलिकप्टर दारेभिरमा दुर्घटना भएको गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले बताएका छन् ।

हेलिकप्टरमा मन्त्री अधिकारी सहित ६ जना सवार थिए । उनीहरुको अवस्था अहिलेसम्म अज्ञात छ ।

सरकारले उद्धारका लागि दुर्घटनास्थल तर्फ एक टोली पठाएको सचिव राइले बताए ।

कलसाइन एएमआई (अल्फा माइक इन्डिया) उक्त हेलिकोप्टर काठमाडौंबाट आज बिहान साढे ८ बजे उडेको थियो। मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको थियो।

पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित ६ जना चढेको हेलिकप्टर दुर्घटना

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org