केही नेपाल ऐन संशोधन गर्ने विधेयक पारित
काठमाडौं । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ राष्ट्रियसभाको बहुमतले पारित गरेको छ । यसअघि सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित त्यससम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।
प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद राधेश्याम अधिकारीले ऐन संशोधनमार्फत ११ जिल्लामा २१ हजार रोपनी जग्गा नेपाल ट्रष्टको कार्यालयले लिजमा दिएर नीतिगत भ्रष्टाचार गर्न खोजिएको र एक दुई व्यक्तिलाई धनी बनाउन लागिएको आरोप लगाए ।
सांसद प्रकाश पन्थले अपाङ्गता भएकाको अधिकारका बारेमा धेरै कुरा ऐन संशोधनमा छुटेको बताए । अपाङ्गता भएका सांसदको फाइल संसद् सचिवालयमै हराउने गरेको उनले गुनासो गरे । अपाङ्गता भएका सांसदको सहयोगका लागि परिचारकको सुविधा लिएकामा बढी स्वकीय सचिव राखियो भनी प्रचारप्रसार गरिएकामा उनको आपत्ति थियो ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले परिस्थितिजन्य बाध्यताले एकमुष्ट ऐन संशोधनको विधेयक ल्याउनुपरेको बताए । छलफलले विधेयकलाई समृद्ध बनाउन सहयोग पुगेको उहाँको भनाइ थियो । छपन्न ऐनमध्ये ट्रष्टको कार्यालयसम्बन्धी ऐनका सन्दर्भमा लिजमा दिँदा राष्ट्रिय हित विपरीत हुने गरी नदिइने व्यवस्था गरिएको सुनाए ।
“ट्रष्टको सम्पत्तिको व्यवस्थापन गर्न सञ्चालक समितिको व्यवस्था गरिएको छ, प्रधानमन्त्रीले तोकेको मन्त्री अध्यक्ष हुने व्यवस्था भएकाले सरकार बेखबर हुँदैन”, उनले भने ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












