ताजा समाचार

हेलिकप्टर दुर्घटनापछि के भन्छन् गृहमन्त्रायका प्रवक्ता रामकृष्ण सुवेदी (भिडियोसहित)

तेह्रथुमको चुहानडाँडामा मन्त्रीज्यू (रवीन्द्र अधिकारी) को कार्यक्रम थियो। सो कार्यक्रम सकेर ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन गर्न जानुभयो। दर्शन गरेर फर्किने क्रममा अत्यन्तै विकट दाह्रेभीर जुन पाथिभरा मन्दिरदेखि डेढ किलोमिटर यता पर्छ भन्ने पुष्टि भएको छ। सो स्थलमा हेलिकोप्टर दुर्घटना भएको हो। हेलिकोप्टरमा माननीय मन्त्रीज्यूसहित ७ जना सवार हुनुहुन्थ्यो।

जसमध्ये माननीय मन्त्रीज्यूसहित ६ जना यात्रु तथा एक जना चालक दलका सदस्यको शव फेला परेको छ। मन्त्रीज्यूको शव पहिचान भइसकेको छ। उहाँको शव केही भाग जले पनि चिनिन सक्ने अवस्थामा रहेको छ। मन्त्रीज्यूका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको पनि शव पहिचान भइसकेको छ। सो बारेमा स्थानीय प्रशासनले जानकारी गराइसकेको छ।

मृतकमध्ये अन्यको भने शव पहिचान गर्न सकिने अवस्थामा छैन। उद्धारमा लागि नेपाली सेनाका एमआई१७ र बेल हेलिकोप्टर घटनास्थलतिर गइसकेको छ। घटनास्थल विकट भएको हुनाले शवहरुलाई हेलिकोप्टर अवतरण भएको ठाउँसम्म ल्याउन डेढदेखि दुई घन्टासम्म लाग्ने बताइएको छ।

नेपाली सेनाका दुई हेलिकोप्टरबाहेक सिम्रिक एयरको एउटा र एयर डाइनेस्टीको अर्को हेलिकोप्टर पनि घटनास्थलमा ल्यान्ड गर्न नसकी आकाशमै घुमिरहेका छन्। बाँकी शवको पहिचान गर्ने क्रम जारी छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org