ताजा समाचार

दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौंमा

काठमाडौं । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएकाहरुको शव काठमाडौं ल्याइएको छ । शव बोकेको नेपाली सेनाको हेलिकोप्टर काठमाडौंको त्रिभुवन विमानस्थलमा ल्याण्ड गरिसकेको छ ।

बिहीबार विहान बाक्लो हिमपातका कारण शव ल्याउन ढिलाइ भएको हो । बुधबार साँझसम्म दुर्घटनास्थलबाट सुकेटार विमानस्थलसम्म ४ जनाको शव ल्याइएको थियो ।

बाँकी शव बिहीबार विहान ल्याइएको हो । शव काठमाडौं ल्याएपछि पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जतर्फ लगिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org