ताजा समाचार

हेलिकप्टर दुर्घटना: ५ जनाको पशुपति आर्यघाटमा दाहसंस्कार

काठमाडौं । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका ५ जनाको आआफ्नै विधि, परम्परा र संस्कृति अनुसार आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

ताप्लेजुङमा भएको दुर्घटनामा घटनास्थलमै ज्यान गुमाएको उनीहरुको आज एकै समयमा दाह संस्कार गरिएको हो।

बिहान टुँडिखेलमा उनीहरुको शव श्रद्धाञ्जलीका लागि राखिएको थियो। हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीको शव पोखरा र पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको शव उनको निवास लगिएको छ।

यसअघि बिहान दिवङ्गत सातै जनाको शव काठमाडौँको टुँडिखेलमा श्रद्धाञ्जलिका लागि राखिएको थियो । श्रद्धाञ्जलि दिन मृतकका परिवार, आफन्तजन, शुभेच्छुक, विभिन्न दलका नेता उच्च पदस्थ सरकारी अधिकारी सहभागी भएका थिए ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री रवीन्द्र अधिकारीसहितको सातजनाको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org