ताजा समाचार

भारतीय वायु सेनाका पाइलटलाई पाकिस्तानले बुझायो

पाकिस्तानले बुधबार नियन्त्रणमा लिएका भारतीय वायु सेनाका चालक अभिनन्दन वर्दमानलाई रिहा गरेको छ । बुधबार नियन्त्रणमा लिएका अभिनन्दनलाई शुक्रबार दिउँसो पाकिस्तानले इस्लामावादस्थित भारतीय राजदूतावासलाई बुझाएको हो।

अब उनलाई पञ्जावको वगाहा — आरती नाकाबाट भारत ल्याइने छ। भारतीय विदेश मन्त्रालयले अभिनन्दनलाई बिना तामझाम भारत ल्याउने जनाएको छ।

उनी स्थानीय समयअनुसार तीन बजे भारतीय भूमिमा आइपुग्ने बताइएको छ।

बुधबार बिहान पाकिस्तानले भारतीय वायु सेनाको जहाजलाई विवादीत कस्मिरमा खसालेको थियो। सो जहाजमा रहेका पाइलटलाई पछि पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org