ताजा समाचार

सिके राउतसँग सरकारले गर्‍यो ११ बुँदे राजनीतिक सहमति

काठमाडाैं ।  ‘छुटै मधेस’ हुनुपर्ने भन्दै पृथकतावादी गतिविधि गरिरहेका डा सिके राउतसँग सरकारले ११ बुँदे राजनीतिक सहमति गरेको छ।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले हस्ताक्षर गरे।

कार्यकर्तामाथि लागेको राजनीतिक मुद्दा फिर्ता लगायतका बुँदा सहमतिमा समेटिएका छन्। सहमतिको बुँदामा मुलुकको अखण्डता स्वीकार गर्ने भनिएको छ।

यी हुन् सहमतिका बुँदा
१. मुलुकको स्वाधीनतालाई स्विकार्ने।
२. लोकतान्त्रिक प्रक्रियाबाट समस्या समाधान गर्ने।
३. असन्तुष्टि समाधान गर्ने।
४. राउतको संगठनमाथि लागेका मुद्दा फिर्ता लिने।
५. राउतको संगठनले निकालेका किताब, गीत तथा अन्य प्रचार सामग्री प्रयोगमा नल्याउने।
६. विखण्डनवादी क्रियाकलाप नियन्त्रण गर्ने।
७. संविधानको भावनाअनुसार राजनीतिक मूलधारमा आउन सक्ने।
८. गत भदौ १५ गते बाँकेमा मारिएका राम मनोहर यादवको परिवारलाई क्षतिपूर्ति र परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्ने।
९. घाइतेहरुको सरकारले उपचार गर्ने।
१०. राउतको संगठनका कार्यकर्तामा भएको सिपलाई राष्ट्रको हितका लागि उपयोग गर्ने।
११. सहमति आजैबाट लागू हुने।

राउत यसअघि स्वतन्त्र मधेसको एजेन्डासहित गतिविधि गरिरहेका थिए।

जिल्ला अदालत रौतहटको आदेशपछि पुर्पक्षका लागि थुनामा गएका राउत सर्वोच्च अदालतको आदेशमा हिजोमात्रै रिहा भएका थिए।

राउत लामो समयदेखि मधेसलाई नेपालबाट छुट्याउनुपर्ने अभियानमा थिए। मधेसलाई राज्यले दमन गरेको भन्दै उनले मधेसमा छुट्टै सेना हुनुपर्ने समेत बताउँदै आएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org