ताजा समाचार

भेनेजुएला प्रकरणपछि प्रचण्ड किन जाँदैछन् अमेरिका ?

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड आगामी चैत ४ गते अमेरिका जाँदैछन् । श्रीमती सीता दाहालको उपचारका लागि प्रचण्ड अमेरिका जान लागेका हुन् ।

यसअघि प्रचण्डपत्नी दाहालको सिंगापुृरमा २ पटक उपचार गराइएपनि त्यहाँका चिकित्सकले अमेरिकामा गएर उपचार गर्ने सुझाव दिएपछि प्रचण्ड श्रीमतीलाई लिएर अमेरिका जाने तयारीमा लागेका थिए । प्रचण्डको अमेरिका भ्रमणको व्यवस्था मिलाउन नेपालस्थित अमेरिकी दूतावास र प्रचण्डको सचिवालयबीच कुराकानी भइरहेको छ ।

प्रचण्डले श्रीमती सीताको अमेरिकाको बाल्टिमोडमा रहेको जोन होप्किङ्स अस्पतालमा उपचार गर्ने तयारी गरेका छन् ।

प्रचण्डले भेनेजुएला प्रकरणमा दिएको अभिव्यक्ति र द्वन्द्वकालीन घटनाका विषयलाई लिएर उनको अमेरिका भ्रमणलाई महत्वपूर्ण रुपमा लिइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org