ताजा समाचार

सरकारको प्रतिवन्धपछि नेकपाको तयारी ‘जनसरकार’ घोषणाको

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहलाई सरकारले प्रतिवन्ध लगाएसँगै चन्द नेतृत्वको नेकपाले जन सरकार घोषणा गर्ने तयारी थालेको छ ।

विप्लव समूहका शीर्ष नेताहरु सम्पर्कमा आउन नचाहेपनि नेकपाका एक नेताले हामीसँगको कुराकानीमा जनसरकार तयारीका विषयमा छलफल भएको बताए । सरकारले पार्टीमाथि नै प्रतिबन्ध लगाएपछि त्यसको प्रतिक्रियास्वरूप स्थानीय तहमा जनसरकार घोषणा गर्ने तयारी थालिएको छ, उनले भने ।

केही दिनभित्रै नेकपा महासचिव विप्लवले नै पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने र त्यसैबेला जनसत्ता र जनसरकार घोषणा गर्ने तयारी भएको उनको भनाई छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org