ताजा समाचार

विप्लवमाथिको प्रतिवन्धलाई माधव नेपालले किन भने यस्तो

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले विप्लव माओवादीमाथि लगाइएको प्रतिवन्ध ठिक नभएको बताएका छन् ।

नेता नेपालले पार्टी भित्र आवश्यक छलफल नगरि गरिएको निर्णय कुनै पनि हालतमा ठिक नभएको बताएका हुन् । नेपालले भने, ‘ नेकपालाई प्रतिबन्ध लगाउने विषयमा पार्टीभित्र कुनै छलफल भएको छैन् । पार्टीभित्र छलफल बिना गरिएका निर्णय ठीक कुनै हालतमा हुन सक्दैनन् ।’

मंगलबार मन्त्रिपरिषद्को बैठकले विप्लव नेतृत्वको राजनीतिक क्रियाकलापमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। यस्तो विषय राष्ट्रिय मुद्दा भएको उल्लेख गर्दै नेपालले यस्ता विषयमा बैठक बोलाएर गम्भीर छलफल गर्नुपर्ने बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org