ताजा समाचार

विप्लवमाथिको प्रतिवन्धनपछि यस्तो आयो कांग्रेसको आधिकारिक धारणा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धपछि पत्रकार सम्मेलन गरेको छ ।

पार्टी कार्यालय सानेपामा गरिएको सम्मेलनमा सरकार गम्भीर बन्ने कुराप्रति र नागरिकको शान्ति शुरक्षा कायम गर्नका लागि सरकारलाई पार्टीको समर्थन रहेको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । उनले संविधान भन्दा बाहिरका गतिविधि नियन्त्रणका लागि, नागरिकको शान्ति सुरक्षाका लागि राज्य कठोर बन्नुपर्ने बताए ।

शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी सरकारको भएको भन्दै प्रवक्ता शर्माले समस्याको शान्तिपूर्ण निकाश र दीर्घकालिन समस्या समाधानका लागि वार्ता र छलफल गर्नुपर्ने बताए ।

सरकारले सीके राउतसँग घुमाउरो पारामा जनमतसँग्रह स्वीकार गरेको देखिएको भन्दै त्यसप्रति कांग्रेसको गम्भीर विमत्ति रहेको शर्माको भनाइ थियो । जनमतसँग्रह गर्ने गरि गरिएको सम्झौतालाई कांग्रेसले राष्ट्रघाती सम्झौता करार गरेको उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org