ताजा समाचार

विप्लवमाथिको प्रतिवन्धपछि प्रचण्डले यस्तो भने

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले विप्लव समूहमाथि प्रतिवन्ध लागेपछि पहिलो पटक बोलेका छन् ।

एक कार्यक्रममा बोल्दै प्रचण्डले बरु आफूलाई पहिलो नम्बरमा मार्नुपर्छ भनेर विप्लव समूहले माइन्यूट गरेको सूचना प्राप्त भएको बताए ।

विप्लव समूहका नेता देख्दा दया लाग्ने बताउँदै प्रचण्डले भने, ‘मलाई आज विहान पनि सरकारको तर्फबाट जानकारी गराइयो, प्रचण्डलाई एक नम्बरमा मार्नुपर्छ भनेर उहाँहरुले माइन्यूट गर्नु भएको छ रे । टिम पनि खटाउनु भएको छ रे सुनाउनुभयो ।’

तर प्रचण्डले प्रतिवन्धबारे भने केही बोलेनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org