रुपैढियाबाट किन नेपाल छिरे बर्दीधारी भारतीय प्रहरी ?
भारतीय सुरक्षाकर्मीहरु बर्दी सहित नेपाल आएर विभिन्न गतिविधि गरेको खवरहरु बेला बेला सार्वजनिक हुने गरेका छन् । यसैबीच फेरी खाकी बर्दीमै भारतीय प्रहरीह दाङ आइपुगेका छन् ।
रुपैढिया नाका हुँदा दाङ आएको दुई भारतीय प्रहरीलाई पक्राउ समेत गरिएको थियो तर उनीहरुलाई पक्राउ गरे लगत्तै छोडिएको छ ।
पक्राउ परेका मुजफ्फरपुर थाना तिलाहर उत्तरप्रदेशमा कार्यरत एसआई भिके मौर्य र हेडकन्सटेबल महोम्मद अनिसलाई शुक्रबार छोडिएको हो। उनीहरुलाई तुलसीपुर प्रहरीले पक्राउ गरेको थियो।
मानव बेचबिखन सम्बन्धी मुद्दामा छानबिन गर्न आएको बताए पनि यहाँको प्रहरीसँग समन्वय र जानकारीबिनै आइपुग्नु आश्चर्यको विषय भएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल बताउँछन्।
बाँकेको सीमा क्षेत्रबाट दाङ पुग्न करिब १ सय ५० किलोमिटरको यात्रा गर्नुपर्छ। थुप्रै ठाउँमा गाडी चेकजाँच पनि हुन्छ। अझ दाङ र बाँकेको सीमा क्षेत्रमा पर्ने बाँके राष्ट्रिय निकुञ्जमा गाडी प्रवेश हुँदा गाडीको खानतलासी गरिन्छ। त्यस्तो अवस्थामा बर्दीमै रहेका भारतीय प्रहरी दाङ आइपुगेपछि सबैले यो विषयलाई चासोपूर्वक लिएका छन्।
उनीहरु गाडीसहित बाँकेको रुपैडिया नाका हुँदै दाङको तुलसीपुर आइपुगेका थिए ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












