ताजा समाचार

असोज १२ बाट दशैं सुरु, भाइटीका र गोवर्धन पूजा एकैदिन

काठमाडौं ।

वि.स. २०७६ सालका केही महत्वपूर्ण पर्वहरु सार्वजनिक गरिएका छन् । जसअनुसार दशैंको टीका असोज २१ गते छ भने तिहारको भाइटीका र गोवर्धन पूजा कात्तिक १२ गते एकैदिन परेको छ ।

असोज १२ गतेबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु हुने छ । १८ गते शनिबारको दिन फूलपाती परेको छ । २१ गते मंगलबार टीका र २६ गते आइतबार कोजाग्रत पूर्णिमा छ ।

तोयनाथ पञ्चाङ्ग पात्रो अनुसार साउन २० गते नागपञ्चमी र ३० गते रक्षा बन्धन छ । हरितालिका तीज भदौ २६ गते छ ।

२०७६ सालको कात्तिक १६ गते छठ पर्व परेको छ । यस्तै फागुन ९ गते महाशिवरात्री र २६ गते होली पूर्णिमा परेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org