ताजा समाचार

२०७६ सालमा १५ दिन सार्वजनिक विदा (विस्तृतमा हेर्नुहोस्)

काठमाडौं ।

विस. २०७६ सालमा नेपाल सरकारले १५ वटा सार्वजनिक विदा दिएको छ । देशैभरी १५ दिन विदा हुने गरि सरकारले राजपत्रमा सूचना प्रकाशन गरेको छ ।

वैशाखमा नयाँ वर्षका दिन १ गते र १८ गते विश्व मजदुर दिवसका विदा दिइएको छ । त्यस्तै जेठमा ४ गते विदा दिइएको छ । असोज ३ गते संविधन दिवसको दिन, १८ गते शनिबारदेखि २२ बुधबारसम्म ५ दिन सार्वजनिक विदा दिइएको छ । कात्तिक महिनामा १० गते आइतबारदेखि १२ गते मंगलबारसम्म ३ दिन विदा दिइएको छ ।

फागुन महिनामा ९ गते महाशिवरात्रीमा र २५ गते अन्तर्राष्ट्रिय महिला दिवसमा सार्वजनिक विदा दिइएको छ । त्यस्तै फागू पूर्णिमाका दिन फागुन २६ गते पहाड र भित्री मधेसका ५८ जिल्लामा र बाँकी जिल्लामा फागुन २७ गते सार्वजनिक विदा दिइएको छ ।

चैत महिनामा भने सार्वजनिक विदा परेको छैन ।

महिला कर्मचारीहरुलाई भदो १६ गते तीजका दिन सार्वजनिक विदा दिइएको छ । जितिया पर्व मनाउने मधेसका महिला कर्मचारीले भने असोज ५ गते पनि विदा पाउनेछन् ।

त्यस्तै अपांगता भएका कर्मचारीलाई मंसिर १७ गते अन्तर्राष्ट्रिय अपांगता दिवसमा विदा दिइएको छ । शिक्षण संस्थाहरुमा माघ १६ गते श्रीपञ्चमीको दिन पनि विदा दिइएको छ ।

सरकारले धर्म, संस्कृति, भौगोलिक क्षेत्र, स्थान विशेषका लागि पनि सार्वजनिक विदा दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org