ताजा समाचार

५ सय ४५ जना नेपाली कामदार विदेशी जेलमा

काठमाडौं ।

बैदेशिक रोजगारीमा गएका नेपाली मध्ये ५ सय भन्दा बढी नेपाली कामदार विदेशका देश जेलमा छन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार रोजगारीमा गएका ५ सय ४५ जना नेपाली कामदार विभिन्न देशका जेल परेका छन् ।

मलेसियामा २ सय ३ पुरुष र २ महिला गरि २ सय ५ जना नेपाली जेलमा रहेको बोर्डले जानकारी दिएको छ । यस्तै, युएईमा १२ महिला र १ सय ७३ पुरुष गरि १ सय ८५ जना, कुवेतमा ३ महिला र ५५ पुरुष गरि ५८ जना, साउदीमा ५४ जना, कतारमा ३५ जना, ओमानमा २ महिला र १ पुरुष गरि तीन जना र बहराइनमा ५ जना रोजगारीमा गएका कामदार जेल परेको बोर्डले जानकारी दिएको छ ।

यसैगरी कतारमा ९ जना रोजगारीमा, साउदीमा १ महिला र ४ पुरुष गरि ५ जना, बहराइनमा ४ जना, ओमनमा एक महिला र १ पुरुष गरि २ जना, कुवेतमा १ महिला र ३ जना पुरुष गरि ४ जना, जापानमा १ जना र युएईमा १ जना गरि २५ जना कोमामा उपचारत रहेको बोर्डको तंथ्याकमा उल्लेख गरिएको छ ।

रोजगारीकै क्रममा घाइते अथवा बिरामी परेर रोजगारदाता देशकै अस्पतालमा २५ जना नेपाली कामदारको उपचार भइरहेको बोर्डले जानकारी दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org