प्रहरीले लियो ‘एक्सन’, विप्लवका १७ कार्यकर्ता पक्राउ
काठमाडौं । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै प्रहरीले अहिलेसम्म १७ नेता तथा कार्यकर्ता पक्राउ गरेको छ ।
नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार उनीहरुलाई पक्राउ गरी कानूनी कारवाही थालिएको छ । उपत्यकाबाट पाँच कार्यकर्ता पक्राउ गरेको छ । घोषणअघि विभिन्न घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थप नौ जनामाथि कारवाही जारी छ ।
पक्राउ पर्नेमा उक्त समूहका पोलिटब्यूरो सदस्य मोहन कार्कीसहित रहेका छन् । मुलुकभर नेपाल कम्युनिष्ट पार्टीको गतिविधिमाथि सुक्ष्म निगरानी गरी उच्च सतर्कता अपनाइएको तथा शान्ति सुरक्षा सबल र सुदृढ पारिएको सुवेदीले जानकारी दिए ।
सरकारले विप्लवको समूहसँग प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्न हुने व्यक्ति, संस्था र समूहलाई समेत कारवाही गर्ने निर्णय गरेको छ । विप्लव समूहका पछिल्ला गतिविधि राजनीतिकभन्दा पनि हिंसात्मक र आपराधिक देखिएको सरकारको निष्कर्ष छ ।
गृहमन्त्रालयले कानूनबमोजिम लिनुपर्ने इजाजत नलिई, नवीकरण नगराई वा इजाजतपत्र लिएको व्यक्तिको मृत्युपश्चात् हकवालाको नाममा नामसारी नगराइ वा अन्य जुनसुकै तरिकाले अवैध हातहतियार राखेको भए सरकारलाई बुझाउन चैत १ गतेदेखि लागू हुने गरी ३५ दिने सूचना जारी गरेको छ ।
विगतमा चन्दा आतङ्कदेखि अपहरण, बम विष्फोट र व्यक्ति कारवाहीका घटनामा उक्त समूह संलग्न रहेको प्रहरीले जनाएको छ । विप्लव समूहले यसअघि विभिन्न क्षेत्रमा बम विष्फोट गराउनेदेखि आपराधिक क्रियाकलाप सञ्चालन गर्दै आएको थियो ।
गत फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आपराधिक समूह भएको निष्कर्ष निकाल्दै उसका गतिविधिमाथि प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेको थियो ।
Comments
अरु समाचार
-
हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम
काठमाडौं । ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ नाराका साथ सञ्चालन भएको ४५ दिने आधारभूत कम्प्युटर तालिम सम्पन्न...
-
ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना जलेर घाइते
काठमाडौं । ललितपुरमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित टहरोमा आगलागी पाँच जना...
-
सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...
-
मनाङका दुई अग्ला पहाडमा चट्टान आरोहण परीक्षण
काठमाडौं । अन्नपूर्ण पदमार्गअन्तर्गतका दुई अग्ला पहाडमा चट्टान आरोहण (रक क्लाइम्बिङ) परीक्षण गरिएको छ । मनाङको चामे गाउँपालिका–५ छिम्बु भिर...
-
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । लामिछानेको मुद्दामा आइतबार पाटन उच्च अदातदतका मुख्य न्यायाधीश...
-
दोदा नदीमा डुबेर दुईजनाको मृत्यु
काठमाडौं । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला...
-
वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ
काठमाडौं । जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी...
-
बाजुराको खापरमा आगलागी, तीन घर नष्ट
काठमाडौं । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३ जुकोटको...
-
ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते
काठमाडौं । डडेल्धुरामा गए राति ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–४ सिरोडको भित्री सडकमा बागमती...