ताजा समाचार

‘अस्पताल लैजाउ, म बाँच्न चाहन्छु’

घोडाघोडी । कैलालीको बर्दगोरीया गाउँपालिका–२ कुम्भीया गाउँकी मीना बमलाई ‘ब्लड क्यान्सर’ भएको दुई वर्ष भयो । एक वर्षदेखि लगातार उपचार गरे पनि उनको स्वास्थ्यमा सुधार नभएपछि घरमै थला परेकी छन् । बमको आर्थिक अवस्था कमजोर छ ।

“मलाई अस्पताल लैजाउ, म बाँच्न चाहन्छु”, उनी पीडा सुनाइ रहन्छिन् । चिकित्सकका अनुसार बमको उपचार गर्न करीब रु १० लाख लाग्छ । आफूसँग त्यति धेरै रकम नभएकाले उपचार नगरी घरमै राख्नुपरेको बमकी आमा शारदाले पीडा सुनाइन् । “छोरीको उपचार गर्दागर्दै आफूसँग भएको सबै सम्पत्ति सकियो । खेतबारी पनि बेचे । अब यही सानो घर छ । यो पनि बेचेर कहाँ गएर बस्ने”, उनले भनिन् ।

बम काठमाडौँ, चितवन र भारतको लखनउसम्म उपचारका लागि धाइन् । “छोरीलाई बचाउन चाहन्छु तर उपचार खर्चको जोहो गर्न गाह्रो भयो”, उनले भनिन् । बमका मामा टेकबहादुर शाह श्रीमान्ले वास्ता नगर्दा उपचार गर्न बाधा पुगेको बताउँछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org