ताजा समाचार

श्रीलंकामाथिको सानदार जितसँगै नेपाल फाइनलमा

विराटनगर ।

विराटनगरमा जारी महिला साफ च्याम्पियनसिप अन्गर्तत नेपालले श्रीलंकामाथि सानदार जित हात पारेको छ । जितसँगै नेपाल फाइनल प्रवेश गरेको छ ।

विराटनगरको शहीद रंगशालामा श्रीलंकामाथि ४–० को फराकिलो जित हासिल गरेको हो ।

नेपालले मध्यान्तरअघि १ र मध्यान्तरपछि ३ गोल गरेको हो । नेपालले खेलको ४२ औं मिनेटमा पुनम जर्घामगरको गोलमा अग्रता लिएको थियो । त्यसपछि ७३ औं मिनेटमा अनिता बस्नेत, ८२ औं मिनेटमा सावित्रा भण्डारी र ८६ औं मिनेटमा रेखा पौडेलले गोल गरिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org