आठ करोडको लागतमा खानेपानी योजना
नवलपरासीको मध्यविन्दु नगरपालिका–१३, मा करीब रु आठ करोडको लागतमा खानेपानी योजना निर्माण कार्य शुरु गरिएको छ ।
खानेपानीको समस्या झेल्दै आएका यस क्षेत्रका बासिन्दा खानेपानी योजना निर्माण सम्पन्न भएपछि भने शुद्ध खानेपानी पिउन पाउने भएका छन् । यस क्षेत्रमा खानेपानीको समस्या भएपछि प्रदेश सरकारको बजेटमार्फत खानेपानीको योजना शुरु गरिएको हो ।
‘मैनाघाट खानेपानी योजना’ अन्तर्गत मैनाघाटमा डिप बोरिङ निर्माणको काम सम्पन्न गरिएको छ । १३५ मिटरको गहिराईबाट भूमिगत पानि निकालिएको वडाध्यक्ष अजुर्न पगेंनीले जानकारी दिए । अब खानेपानी वितरणका लागि अन्य ओभरहेड ट्याङ्की निर्माण, पाइप विस्तार, लगायतका कार्य गरिने उनले जानकारी दिए ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दमौली गण्डकी प्रदेशको रु सात करोड ९१ लाखको लागतमा योजना शुरु गरिएको हो । केन्द्र सरकारले समेत केही बजेट विनियोजन गरेको उनले बताए ।
दुई वर्षमा योजना सम्पन्न गर्ने गरी काम गरिएको हो । योजना सम्पन्न भएसँगै खानेपानीको समस्या झेल्दै आएका मैनाघाट, दुवाकुन, मगरसिंगालगायत करीब ५०० घरपरिवार लाभान्वित हुने वडाध्यक्ष पगेंनीले जानकारी दिए ।
Comments
अरु समाचार
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच...
-
पर्यटनका क्षेत्रका लागि जनशक्ति उत्पादन गर्दै पर्यटन बोर्ड
काठमाडौँ, ७ असोजः पर्यटन क्षेत्रका लागि जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले क्षमता...
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा...