ताजा समाचार

इपिएस आवेदन फारम भर्न बैंकमा भीड, पैसा इ-सेवा र आइएमई-पे बाट तिर्न सकिने

काठमाडौ । आजदेखि खुलेको कोरियन भाषा परिक्षा (इपीएस)को आवेदन फारम भर्न बैंकमा आवेदकहरुको बाक्लो भीड लागेको छ ।

ग्लोबल आइएमई बैंकमा पैसा जम्मा गर्नु पर्ने नियमानुसार आवेदक हिजो रातिदेखि नै बैंकमा लाइन लागेका छन् । तर, यसवर्षबाट आईएमई-पे र ई-सेवाबाट पनि २४ डलर बराबरको शुल्क भुक्तानी गर्न सकिने एपिएस शाखाले जनाएको छ । आवेदन खुलेका पछिल्ला दिनहरुमा बैंकमा रकम तिर्नेहरु कम हुँदै जाने भएकाले धैर्य गर्न परीक्षार्थीलाई शाखाले अनुरोध समेत गरेको छ ।

पैसा तिर्न आइएमई-पे र इ-सेवाबाट व्यवस्था गरिएपनि बैंकहारुमा बाक्लो भीड छ । त्रिभुवन विश्व विद्यालयको हाता भित्र भएको ग्लोबल आइएमई बैंक, नक्साल, पानीपोखरी लगायत उपत्यकाका विभिन्न शाखामा आवेदन फारम भर्नेहरुको भीड लागेको छ ।

आवेदन फारम भर्नका लागि भोलि चैत्र ८ गतेदेखी १७ गतेसम्म दर्ता हुने इपिएस कोरिया शाखाले जनाएको छ।

कोरियामा गई काम गर्न इच्छुक नेपालीका लागि भाषा परीक्षाको आवेदन खुलेको हो। २०७५ जेठ २६ र २७ गते दुई–दुई सिफ्टमा परीक्षा हुने इपिएस कोरिया शाखाले जनाएको छ । लिखित परीक्षा १ सय पूर्णाङ्कको र सुनाई १ सय पूर्णाङ्कको हुने छ ।

परीक्षा शुल्क २४ डलर तोकिएको छ । परीक्षा केन्द्र भने पछि सार्वजनिक गरिने बताइएको छ । काठमाडौं र पोरखाबाट परीक्षा हुनेछ । दरखास्त दिँदा नै आवेदकले परीक्षा दिने दुईमध्ये एक शहर रोज्नुपर्नेछ ।

आवेदन दर्ता गर्नका लागि eoers.epsnepal.gov.np मा गई अनलाइन फारम भर्नुपर्नेछ।

फारम भर्नका लागि राहदानीको फोटो भएको पेजको रंगीन स्कयान गरी जेपिजी इमेज फाइल बनाइ अपलोड गर्नुपर्नेछ । आवेदनमा अनिवार्य रुपमा इमेल ठेगाना र मोबाइल नम्वर उल्लेख गर्नुपर्नेछ । फारममा तीन महिनायताको फोटो अपलोड गर्नु इपिएस शाखाले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org