ताजा समाचार

महिला साफ च्याम्पियनसीपः नेपालले इतिहास रच्ने अवशर गुमायो

काठमाडौं । पाँचा साफ च्याम्पियनसीपको फाइनलमा फेरी नेपाल भारतसँग पराजित भएको छ । गत महिना भारतीय भूमिमै भएको हिरो गोल्डकपमा एक खेलमा बराबरी र एक खेलमा पराजित गरेको नेपाल आज ३—१ पराजित भयो ।

विराटनगरको शहिद रंगशालामा शुक्रबारको खेल जित्दै भारतले पाँचौ पटक उपाधि जितेको हो । भारतसँग फाइनलमा नेपालको यो चौथो हार हो ।

यो संस्करणमा घरेलु मैदान र दर्शक को साथ पाएको नेपालले भारतलाई पराजित गरि उपाधि कब्जा गर्ने अवशर गुमायो । नेपालका लागि सावित्रा भण्डारीले १ गोल गरिन् ।

२६औँ मिनेटमा नेपालकी हिरा कुमारी भुजेलले भारतकी ग्रेसलाई फल गरेपछि करिब ३० यार्डमा प्राप्त फ्रिकिकमा डालिमाले उत्कृष्ट गोल गरिन्।

गोल खाएपछि नेपालले ६ मिनेटपछि नै गोल फर्कायो। ३३औँ मिनेटमा सावित्राले पुनम जर्घा मगरले सेन्टरबाट उपलब्ध गराएको पासमा डि एरिया भित्रबाट हेड गोल गर्दै खेल बराबरी गरिन्।

पहिलो हाफमा त्यसपछि गोल हुन सकेन। दोस्रो हाफको सुरुवातदेखि नै नेपाललाई दबाबमा राखेको भारतले दुई गोल थप्यो। ६३औँ मिनेटमा ग्रेसले गोल गर्दै भारतलाई २-१ को अग्रता दिलाइन्। सन्ध्याले उपलब्ध गराएको पासमा ग्रेसले नेपाली गोलकिपर एन्जिला सुब्लाई बिट गर्दै खाली पोष्टमा गोल गरेकी हुन्।

अग्रता बनाएपछि नेपालमाथि हावी बनेको भारतको लागि ७७औँ मिनेटमा वैकल्पिक खेलाडी अन्जु तामाङले तेस्रो गोल गरिन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org