ताजा समाचार

शान्ता चौधरी भन्छिन्, ‘पीएचडी गर्ने धोको छ’

दाङ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचेतक शान्ता चौधरीले पीएचडी गर्ने धोको रहेको बताएकी छन् । प्रतिनिधिसभा सदस्य समेत रहे चौधरी यसपटक एसइई परीक्षा दिइरहेकी छन् ।

१८ वर्ष कमलहरी बसेर पढ्न नपाएकी चौधरीले सांसद भइसकेपछि स्कुल पढन सुरु गरेकी हुन्। शान्ताले आइतबार देखि सुरु भएको एसईईको परीक्षा तुलसीपुर उपमहानगरपालिका—६मा रहेको माध्यमिक विद्यालय तुलसीपुर परीक्षा केन्द्रबाट परीक्षा दिन थालेकी हुन् ।

उनकी छोरीले पनि यसै वर्ष एसईईको परीक्षा दिइरहेकी छन्। सांसद शान्ता र उनकी १७ वर्षीया छोरी विनु चौधरीले एकै साथ एसईई परीक्षा दिन सुरु गरेका हुन्। विनु काठमाडौंको आरुवारीस्थित सृजना बाल बोर्डिङबाट परीक्षा दिँदै छिन्। उनका छोरा अनिल चौधरी भने जेभियर्समा कक्षा १२ मा पढ्दैछन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org