मध्यपहाडी लोकमार्गः कास्की–बागलुङखण्डको १९३ किलोमिटर सडक कालोपत्रे
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लाकमार्गअन्तर्गत कास्की–बागलुङखण्डको एक सय ९३ किलोमिटर सडक कालोपत्रे भएको छ । कूल दुई सय ५० किमीको उक्त खण्डमध्ये कास्कीको मादी गाउँपालिकाको भैँसेदेखि पोखरा महानगरपालिकाको याम्दी पुलसम्म ३८ किमी र बागलुङको उपल्लाचौर–घोडाबाँधेअन्तर्गत १३ किमी सडक कालोपत्रे हुन बाँकी छ । आयोजना कार्यालयका अनुसार स्तरोन्नति हुन बाँकी रहेको ५१ किमी सडक कालोपत्रेका लागि पूर्वाधार तयारीको काम भइरहेको छ ।
लमजुङसँगको सिमानामा पर्ने कास्कीको भैँसेदेखि रुदीखोलासम्म १६ किमी सडक भने पर्वतस्थित आयोजना कार्यालयका प्रमुख शम्भुप्रसाद आचार्यले जानकारी दिनुभयो । याम्दीदेखि पर्वत हुँदै बागलुङको मालढुङ्गासम्मको सडक पनि कालोपत्रे भई सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिसकिएको उहाँले बताउनुभयो । मालढुङ्गादेखि बागलुङ सदरमुकामको उपल्लाचौरसम्मको पाँच किमी सडक चौडा र स्तरोन्नतिका लागि ठेक्का व्यवस्थापन हुन बाँकी रहेको प्रमुख आचार्यको भनाइ छ ।
उपल्लाचौरदेखि घोडाबाँधेसम्मको २६ किमी सडकमध्ये १३ किमी कालोपत्रे भइसकेको र १३ किमी कालोपत्रे हुने चरणमा रहेको उहाँले बताउनुभयो । उक्त खण्डको काम लामो समयसम्म अलपत्र परेपछि पुरानो ठेक्का तोडेर नयाँ ठेक्कामार्फत काम काम सुरु गरिएको प्रमुख आचार्यले बताउनुभयो । “बयलडाँडादेखि घोडाबाँधेसम्मको कालोपत्रे एक वर्षभित्र पुराना गर्ने लक्ष्य लिइएको छ”, उहाँले भन्नुभयो, “उपल्लाचौरदेखि बयलडाँडासम्मको खण्डमा पनि पाँच किमी सडक कालोपत्रे हुन बाँकी छ ।”
घोडाबाँधेदेखि रुकुमपूर्वको सीमाना पातीहाल्नेसम्मको ९९ सय किमी सडक भने कालोपत्रे भइसकेको छ । घोडाबाँधेदेखि–हटियासम्म कालोपत्रे गरिएको सडक जीर्ण भएपछि मर्मत सुधार गरिएको आयोजना कार्यालयका सूचना अधिकारी किरण सुवेदीले जानकारी दिनुभयो । पश्चिमतर्फको खण्डमा पनि आयोजना कार्यालयमार्फत सडक मर्मतसम्भारको काम भइरहेको छ । निसीखोला गाउँपालिका हुँदै पातीहाल्ने जोड्ने सडकमध्ये १४ किमी सडक मात्र सडक डिभिजन कार्यालयलाई हस्तान्तरण भएको छ । अन्य खण्डमा भने निर्माण कम्पनीले योजना फरफराक समयमा नगरेका कारण हस्तान्तरण हुन बाँकी छ ।
सूचना अधिकारी सुवेदीले कास्की, पर्वत र बागलुङमा पर्ने लोकमार्गअन्तर्गतको सडक खण्ड स्तरोन्नति गरी दुई लेन कालोपत्रे गरिने बताउनुभयो । सडक स्तरोन्नतिसँगै उक्त खण्डभित्र कास्कीको याम्दी खोला, पानीबिहाद, पर्वतको तमादी खोला, सुन्दरे खोला र बागलुङको काठेखोलामा गरी पाँच पुल निर्माणाधीन अवस्थामा रहेका छन् । पर्वतको मोदी र पाती खोलामा ठेक्का व्यवस्थापन भई डिजाइन स्वीकृतिको क्रममा रहेको आयोजना कार्यालयले जनाएको छ ।
लोकमार्गअन्तर्गत कास्की, पर्वत र बागलुङमा सडक तथा पुल निर्माणका लागि चालु आवमा रु ७६ करोड ८० लाख विनियोजन भएकामा गत मङ्सिर मसान्तसम्म रु २० करोड ४० लाख ४८ हजार पाँच सय १२ खर्च भइसकेको सूचना अधिकारी सुवेदीले बताउनुभयो । ठेक्कामार्फत सडक र पुलका गरी ११ वटा योजना सञ्चालनमा रहेको उहाँको भनाइ छ ।
लोकमार्गअन्तर्गतकै हरिचोक–याम्दी खण्ड पनि कालोपत्रेका लागि अहिले ‘प्लान्ट’ राख्ने काम भइरहेको सूचना अधिकारी सुवेदीले बताउनुभयो । करिब २२ सय मिटर दूरीको उक्त सडक समयमा कालोपत्रे नहुँदा जनगुनासो बढेको थियो । आगामी माघभित्र सडक कालोपत्रेको काम पूरा हुने जनाइएको छ । दुई वर्षमा सक्ने गरी विसं २०७९ साउनमा काठमाडौँको मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिले उक्त सडक निर्माणको जिम्मा लिएको थियो । निर्माण कम्पनीको ढिलासुस्तीका कारण सडक समयमा निर्माण हुन सकेको थिएन ।
समयमा काम नभएपछि आउँदो चैतसम्मलाई ठेक्काको म्याद थप गरिएको थियो । दुवैतर्फ चार लेनको सडक बनिसक्दा पनि उक्त खण्ड निर्माण नहुँदा लोकमार्गको यात्रामा असहजता थपिएको थियो । विद्युत् पोल, खानेपानी व्यवस्थापन, भुक्तानी समस्याजस्ता कारणले पनि सडक निर्माणमा ढिलाइ हुँदै आएको थियो । लोकमार्ग आयोजना कार्यालयले ठेक्का तोड्ने चेतावनी दिएपछि निर्माण कम्पनीले कामको गति बढाएको थियो ।
Comments
अरु समाचार
-
महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी, रास्वपाले समर्थन गर्ने
काठमाडौं । शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका छन् । उनले जिल्ला निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता...
-
कांग्रेस सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवार !
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
जगदीश खरेलको रास्वपाबाट ललितपुर–२ मा उम्मेदवारी पक्का !
काठमाडौं । सञ्चारमन्त्री पदबाट सोमबार राजीनामा दिएका जगदीश खरेल मंगलबार औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्ने भएका छन्...
-
यस्तो छ आज प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता कार्यक्रम, आयोगले भन्यो- तडकभडक नगर्नू
काठमाडौँ – प्रतिनिधिसभा सदस्यका लागि आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि आज देशभरका १ सय ६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ...
-
प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फ आज उम्मेदवारी दर्ता हुँदै
काठमाण्डौ – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले...
-
सुरक्षाको अवस्था राम्रो बनाइनुपर्छ, जुनसुकै अवस्थामा पनि चुनाव लड्छौं :ओली
काठमाण्डाै – नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले जुनसुकै अवस्थामा पनि चुनावमा जाने बताउनुभएको छ ।...
-
बालेनले जनकपुरको भाषणमा भने– म काम गर्ने मान्छे हुँ, भाषण होइन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले आफू भाषणभन्दा काम गर्ने मान्छे भएको बताएका छन्। बालेनले काठमाडौं महानगरपालिकाको...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...











