मलेसिया रोजगारीको बाटो खुल्यो, अब स्वास्थ्य परिक्षण गर्दा शुल्क नलाग्ने
काठमाडौं ।
बैदेशि रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको हकमा स्वास्थ्य परिक्षणको मापदण्ड मलेसियाले पठाएको छ । शुक्रबार नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि आवश्यक मापदण्ड नेपाल सरकारलाई पठाएको हो ।
अब मलेसिया सरकारले पठाएको नयाँ मापदण्ड अनुसार अब सरकारी तथा निजी अस्पताल, नर्सिङ होम र सरकारी मान्यताप्राप्त स्वास्थ्य संस्थाहरुबाट मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण हुनेछ । र, तत्कालै श्रम मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरेर सूचीकृत हुन आह्वान गर्नेछ ।
मलेसिया सरकारले मापदण्ड पठाएसँगै अब करिब १० महिनादेखि रोकिएको मलेसियाको रोजगारीको बाटो खुल्ने भएको छ । चार महिनाअघि मलेसियासँग श्रम सम्झौता भएकै दिन बसेको दुवै देशको प्राविधिक समूहको बैठकले गरेको समझदारीको बुँदा नम्बर ६ अनुसार मलेसियाले स्वास्थ्य परीक्षणसम्बन्धी मापदण्ड पठाएको हो ।
यसबीचमा मलेसियाले स्वास्थ्य परीक्षणसम्बन्धी मापदण्ड पठाउन ढिला गरेका कारण मलेसिया रोजागारी खुल्न सकेको थिएन ।
स्वास्थ्य परीक्षण लगायत भिसा प्रक्रियाका कुनै पनि काममा नेपाली कामदारले पैसा तिर्नु नपर्ने सम्झौता यसअघि नै भइसकेको छ ।
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












