ताजा समाचार

निर्वाचन आयोगको प्रमुख आयुक्तमा बहालवाला सचिव थपलिया सिफारिस

काठमाडौं । निर्वाचन आयोको प्रमुख आयुक्तमा बहालवाला सचिव दिनेश कुमार थपलिया सिफारिस भएका छन् ।

संवैधानिक परिषदले प्रमुख आयुक्तमा बहालवाला सचिव थपलियालाई सिफारिस गरेको हो । थपलिया संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव हुन् ।

निवर्तमान प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादव र आयुक्त इला शर्माले आइतबार मात्र अवकास पाएका थिए । रिक्त आयुक्त पदमा भने सिफारिस गरिएको छैन ।

यस्तै समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझालाई नियुक्त गर्न सिफारिस गरेको छ ।

बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org