ताजा समाचार

कृष्णप्रसाद सिटौला अस्पतालबाट डिस्चार्ज

काठमाडौं ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई ह्याम्स अस्पतालले डिस्चार्ज गरेको छ । केही दिन अघि स्वास्थ्यमा अचानक समस्या आएपछि उनी अस्पताल भर्ना भएका थिए ।

अस्पतालबाट डिस्चार्ज भए लगत्तै नेता सिटौलाले उपचारमा संलग्न चिकित्सक र अस्पताललाई धन्यवाद ज्ञापन गरेका छन्।

‘मेरो स्वास्थ्य उपचारमा खटेर उपचार गर्नुहुने यस अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु,’ उनले भनेका छन्। साथै सिटौलाले मेट्रो अस्पताललाई धन्यबाद दिएका छन् ।

पेटमा समस्या देखिएपछि उनको आइसीयूमा राखेर उपचार गरिएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org