हेटौँडालाई नै स्थायी राजधानी गर्न माग
हेटौँडा ।
हाल अस्थायी राजधानी रहेको हेटौँडालाई नै प्रदेश नं ३ को स्थायी राजधानीे बनाएर अन्योल अन्त्य गर्न मकवानपुरस्थित जनसरोकार केन्द्रले जोड दिएको छ ।
मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा उक्त केन्द्रका संयोजक धुव्रप्रसाद चौलागाईंले केन्द्रीकृत मानसिकता त्याग्न सम्बन्धित सबैमा आग्रह गर्दैे राजधानीको विषयमा रहेको अन्योल हटाउन सुभाव दिए ।
हेटौँडा सबै दृष्टिकोणले स्थायी राजधानीको लागि उपयुक्त रहेको र सबै जिल्लाबाट नजिक भएकाले राजधानी अन्यत्र सार्नुभन्दा ९० प्रतिशत यहाँको वातावरण सहज भएकैले हेटौँडालाई नै राजधानी स्वीकार गर्नु उपयुक्त हुने उनले बताए ।
देशको केन्द्रीय राजधानी काठमाडौँलाई नै असर पर्ने गरी उपत्यका वा त्यस वरपर प्रदेश राजधानी सार्ने हो भने सङ्घीयताका दृष्टिकोणले अनुपयुक्त हुनेमा जोड दिँदै संयोजक चौलागाईंले भने, “सवारी साधन जाममा परेर एम्बुलेन्समै बिरामीको मृत्यु भइरहेको देशको राजधानी काठमाडौँलाई थोरै भए पनि राहत दिन, उपत्यकाको धुलो धुवाँ र प्रदूषण थप बड्न नदिनका लागि हेटौँडालाई काठमाडौँको वैकल्पिक शहरका रुपमा विकास गर्न, केन्द्रीकृत अधिकार विकेन्द्रीकृत भयो भनेर प्रमाणित गर्न, अर्बौं लगानी गरेर तयार भएका यहाँको भौतिक संरचनालाई उपयोगविहीन बनाएर अन्त फेरि अर्बौं लगानी गर्नबाट रोक्न हेटौँडालाई नै स्थायी राजधानी कायम गर्नुपर्छ ।”
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












