‘तपाइँलाई महत्व नलाग्ने सूचना कतै आपराधिक गतिविधिका त होइनन्’
काठमाडौं ।
समाजमा हुने कुनै पनि गतिविधिको पहिलो साक्षी स्थानीयवासी नै हुन्छन् । घटना हुँदा प्रहरीले अनुसन्धानको महत्वपूर्ण आधार स्थानीयवासीको भनाइलाई नै लिएका हुन्छन् ।
समुदायको भरपर्दो सूचनाले धेरै घटनाका चुरो पत्ता लगाएर दोषीलाई कानूनी कारवाही गरिएका उदाहरण छन् ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई पनि समुदायसँगको सहकार्यमा मात्रै आपराधिक घटना न्यूनीकरण हुने विश्वास छ ।
“तपाइँहरुलाई महत्व नलागेका सूचना कतै आपराधिक क्रियाकलाप गर्ने उद्देश्यले त प्रेरित छैनन्, त्यस्ता महत्वहीन सूचना हामीलाई दिनुहोस्, हामी त्यसको पनि अनुसन्धान गर्छौं”, क्षेत्रीले समुदायलाई लक्षित गर्दै भने ।
समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्न महानगरीय प्रहरी परिसर काठमाडौँले समुदायसँग मिलेर आजदेखि शुरु गरेको घरदैलो अभियानका क्रममा उनले स्थानीयवासीसँग कुनै शङ्कास्पद गतिविधि भएको देखिएमा प्रहरीलाई खबर गर्न अनुरोधसमेत गरे ।
समुदायसँग सहकार्य गरी सूचना सङ्कलन गर्ने लक्ष्यसहित काठमाडौँका सबै स्थानीयतहमा आजदेखि एकैसाथ ‘घरदैलो’ अभियान थालिएको परिसरका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए ।
आवश्यक प्रहरी अधिकारीको सम्पर्क नम्बरसहितको प्रचार सामग्री घरघरमा वितरण र टाँस गर्दै समुदायसँग सम्बन्ध विस्तार गर्न उक्त अभियान थालिएको हो ।
काठमाडौँ प्रहरी परिसरका प्रमुख वसन्त लामाले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रममार्फत शुरु भएको घरदैलो कार्यक्रमअन्तर्गत काठमाडौँ उपत्यकाका आठ लाख बढी घरमा पुगेर सचेतनाका विषय उल्लेख गरिएको स्टिकर टाँस गर्न थालिएको जानकारी दिए । समुदायको सहयोगमा मात्रै अपराध नियन्त्रण गर्न सकिने भएकाले घरदैलोलाई प्राथमिकता दिन लागिएको हो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वसन्तपुरका दिनेशमान जोशीको घरमा स्टिकर वितरण गरेर अभियानको थालनी भएको घोषणा गए । घरभित्र सबैको पहुँच पुग्ने स्थानमा टाँस गर्दा समाजमा शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । “यो अभियान नितान्त सुरक्षा कायम गर्नका लागि हो, कुनै कर उठाउनका लागि होइन, तपाइँहरुले सहजरूपमा सूचना दिनुहोस्, जसले ठूला घटना रोक्न सहयोग गर्छ”, शाक्यले समुदायसँग भने ।
घरदैलोसँगै प्रहरीले समुदायसँग मिलेर सडक मानव, सडक बालबालिकामा र मगन्तेलाई जनचेतना र उद्धारमार्फत दिगो र प्रभावकारी व्यवस्थापनको कार्ययोजना बनाई कार्यान्वयन गर्ने, महिला हिंसा, महिला तथा बालबालिकाविरुद्धको अपराध, साइबर अपराध, सवारी साधन दुर्घटना न्यूनीकरण, मदिरा तथा लागुपदार्थ प्रयोगबारे अभिभावकको दायित्व विषयमा अभिमुखीकरण गर्ने कार्यक्रम तय गरेको छ ।
जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिवसुन्दर राजवैद्यले सबै जनप्रतिनिधिलाई कार्यक्रममा सरिक गराउन सके थप प्रभावकारी हुने विश्वास व्यक्त गरे । घरदैलो कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठले काठमाडौँका हरेक स्थानीय तहमा आज एकैसाथ घरदैलो अभियान चलाइएको जानकारी दिँदै तीन महीनासम्म चल्ने अभियानले समाजमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे । आवश्यक परे अभियानलाई थप गर्न सकिने श्रेष्ठको भनाइ थियो ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












