विश्वकर्माको पक्राउ सम्बन्धनमा अध्ययन गर्न मिसन टोली
काठमाडौं ।
नेपाल पत्रकार महासङ्घले कालीकोटबाट प्रसारण हुने रेडियो नयाँ कर्णालीका संवाददाता कर्ण विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको सम्बन्धमा स्थलगत अध्ययनका लागि मिसन टोली पठाएको छ ।
महासङ्घका महासचिव रमेश विष्टले विश्वकर्मालाई रेडियोको स्टेशनबाटै पक्राउ गरिएको सम्बन्धमा स्थलगत अध्ययन गर्न महासङ्घ प्रदेश समिति अध्यक्ष दुर्गा थापाको संयोजकत्वमा मिसन टोली पठाइएको जानकारी गराए ।
उनका अनुसार नेपाल बार एशोसिएशन प्रतिनिधि र मानवअधिकारकर्मीसमेत संलग्न मिसन टोलीले पत्रकार विश्वकर्मा पक्राउका सम्बन्धमा स्थलगत अध्ययन गरी प्रहरी, स्थानीय प्रशासनलगायत घटनासँग जोडिएका सबै पक्षसँग छलफल गरी रिहाइको पहल गर्नुका साथै घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन सार्वजनिक गर्नेछ । पत्रकार विश्वकर्मालाई यही चैत ७ गते पक्राउ गरिएको थियो ।
Comments
अरु समाचार
-
चार जना डीआईजीको एक वर्ष पदावधि थपियो
काठमाडौं। सशस्त्र प्रहरी बलका चार जना डीआईजीको पदावधि एक वर्ष थपिएको छ । । मंगलबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले कमल...
-
सशस्त्रका चार डीआईजीको म्याद थपबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । सशस्त्रका चार डीआईजीको म्याद थपबारे निर्णय लिन मन्त्रिपरिषद बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् आकस्मिक...
-
संविधान संशोधन ०८७ मा मात्रै हुने ओलीको खुलासा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन ०८७ मा मात्रै हुने बताएका छन् । केन्द्रीय...
-
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से छ दशमलव १६ अङ्कले बढेर...
-
चीनतर्फबाट सगरमाथा क्षेत्र प्रवेश अस्थायी रूपमा बन्द
काठमाडौं । चीनमा मंगलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि चीनले सगरमाथा क्षेत्र अस्थायी रूपमा बन्द...
-
भूकम्प अपडेट: ९५ जनाको मृत्यु, १३० घाइते
काठमाडौं । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका...
-
भूकम्पबाट सङ्खुवासभामा एउटा घरमा क्षति
काठमाडौं । चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान ६ बजेर ५० मिनेटमा गएको ६ दशमलव ८...
-
सुनकोसी नदीमा बाँध निर्माण सुस्त, सात प्रतिशत मात्रै प्रगती
काठमाडौं । राष्ट्रिय गौरवको सुनकोसी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुनकोसी नदीमा बाँध निर्माण कार्य सुस्त छ । पटेल–रमण जेभीले सुनकोसी नदीमा...
-
भूकम्प अपडेट: सोलुखुम्बुमा दुई घरमा क्षति
काठमाडौं । आज बिहान गएको भूकम्पका कारण सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ।...