प्रहरीचौकीमा ढुङ्गामुढा गर्ने पाँच पक्राउ
कञ्चनपुर ।
बेदकोट नगरपालिकाको चम्फापुरमा रहेको अस्थायी प्रहरी चौकीमा रातिका बेला ढुङ्गा मुढा गर्ने पाँचलाई प्रहरीले आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चम्फापुरका विकास विष्ट, धीरेन्द्र चन्द, ईश्वर चटौत, धीरेन्द्र रावल र हरि बोहरा रहेका छन् । इलाका प्रहरी कार्यालय झलारीको टोलीले पाँचै जनालाई पक्राउ गरेको हो ।
“गएराति १० बजे प्रहरीचौकी नजिकैको चोकमा जम्मा भएका पाँचै जनाले हो हल्ला गर्न थालेपछि प्रहरीले सम्झाइ घरपठाउन खोजेपछि प्रहरी चौकीमै पुगेर ढुङ्गामुढा गरी प्रहरी माथिनै हातपात गरेपछि पक्राउ गरिएको छ” इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भने ।
चौकीको ढोकासमेत तोडफोड भएको उनले बताए । पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा पठाइएको छ ।
पक्राउ परेकामाथि सार्वजनिक शान्तिसुरक्षा विरुद्धको कसुर अन्तर्गत मुद्दा चलाउने तयारी गरिएको छ । ढुङ्गामुढा गर्नेको समूहबाट प्रहरीले एक भारतीय नम्बर प्लेटको र एक नेपाली नम्बर प्लेटको मोटरसाइकल समेत बरामद गरेको छ ।
मोटरसाइकल चोरी गर्ने पक्राउ
बेदकोट नगरपालिका– ३ का राकेश चन्दको म २ प ५३०९ नं को मोटरसाइकल घरबाट चोरी गरेर लादै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
घरमा राखिएको मोटरसाइकल हिँडाएर लादै गरेको अवस्थामा विकास दास र जीवन खातीलाई रङ्गे हात पक्राउ गरी हिरासतमा राखिएको इप्रका झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । दुवै जनामाथि चोरी उद्योग अन्तर्गत मुद्दा चलाइने बताइएको छ ।
यसैबीच, शुक्लाफाँटा नगरपालिका– १० झलारीमा रहेको श्रीकृष्ण बहुमुखी क्याम्पसमै गएर छात्रछात्रालाई अश्लिल गालीगलौच गर्ने राजेन्द्र तिरुवालाई समेत प्रहरीले आज पक्राउ गरेको छ ।
यही चैत ८ गते क्याम्पसमा तिरुवाले अश्लिल रुपमा गालीगलौच गरेका थिए । क्याम्पस प्रशासनले प्रहरीलाई यसबारे जानकारी दिएपछि तिरुवा फरार रहदैआएका थिए ।
Comments
अरु समाचार
-
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
काठमाडौं । लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी गाउँपालिकास्थित किसेदि खोलामा करेन्ट लगाएर...
-
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१...
-
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा...
-
भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र
काठमाडौं । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने...
-
भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र
काठमाडौं । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने...
-
डोको बोकेर दौडिने प्रतियोगितामा फक्ताङ्लुङका कार्की प्रथम
काठमाडौं । यहाँ जारी ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत आज भएको डोको क्यारी रन (डोको बोकेर दौडिने) प्रतियोगितामा फक्ताङ्लुङ गाउँपालिकाका–२ का छत्रबहादुर...
-
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु
काठमाडौं । सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको छ । 'दुर्भाग्यवस उहाँ जेलको...
-
इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु
काठमाडौं । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस जनाको...
-
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
काठमाडौं । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा रु एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार...