ताजा समाचार

किन मागे गोपाल किरातीले प्रधानमन्त्रीको राजीनामा

 

१३ चैत, काठमाडौं । पुनर्गठित माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । ओलीले राजीनामा नदिए सडक आन्दोलनबाट उनलाई विस्थापित गर्ने किरातीले चेतावनी दिएका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्र्दै माओवादी नेता किरातीले भनेका छन्, ‘खड्ग ओली सरकारले तुरुन्त राजीनामा गरी विप्लव नेकपासँग वार्ता र राष्ट्रिय एवं जनहितको मार्गप्रशस्त गर्न हाम्रो पार्टी विशेष आग्रह गर्छ ।’

प्रधानमन्त्री ओलीले राजीनामा नदिए उनलाई विस्थापित गर्न सडक आन्दोलनको निर्णायक तयारी गर्नुपर्ने किरातीले बताएका छन् । उनले विज्ञप्तिमा ओली सरकारलाई ‘देशद्रोही र ‘फासीवादी निरंकुश’ सरकारको संज्ञा दिएका छन् ।

ओली सरकारविरुद्ध शान्तिपूर्ण सडक आन्दोलनमा आफ्नो पार्टीको सक्रिय भूमिका रहने किरातीले बताएका छन् ।

किरातीले विप्लवमाथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्न माग गरेका छन् । साथै उनले विप्लव नेकपाले जारी संघर्षको नीतिमा गम्भीर पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org