ताजा समाचार

तीन वटै तहमा कर्मचारी समायोजन सकियो

काठमाडौं ।

सरकारले कर्मचारी समयोजन सकिएको जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी समायोजन महाशाखाका अनुसार संघ, प्रदेश र स्थानीय गरि तीनै तहमा कर्मचारी समायोजन सकिएको हो । तीन वटै तहमा एक लाख ३१ हजार कर्मचारी समायोजन गरिएको कर्मचारी समायोजन महाशाखाका सहसचिव केदार पनेरुले बताए ।

मन्त्रालयले तीन तहमा १ लाख ३७ हजार ६ सय १४ कर्मचारी दरबन्दी स्वीकृत गरेको छ ।

कर्मचारी समायोजन गर्दा संघमा ३५, सात प्रदेशमा १६ र स्थानीय तहमा ४९ प्रतिशतका दरले समायोजन गरेको मन्त्रालयले जनाएको छ । जसअनुसार संघमा ४८ हजार ४ सय ९ कर्मचारी, सात प्रदेशमा २२ हजार २ सय ९७ र स्थानीय तहमा ६६ हजार ९ सय ८ कर्मचारी खटिने छन्

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org