ताजा समाचार

प्रदेश २ मा विज्ञान विषयको परीक्षा स्थगित

जनकपुरधाम ।

प्रदेश नम्बर २ का ८ जिल्लामा विज्ञान विषयको परीक्षा रद्द गरिएको छ । परीक्षा हुनुअघि नै प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित गरिएको हो ।

बुधबार राति ११ बजेतिर भाइबर, इमो, ह्वाट्सएप आदि माध्यमबाट प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी दिए ।

बुधबार राति सप्तरी जिल्लाबाट प्रश्नपत्र बाहिरिएको थियो । बिहीबार परीक्षा भएपछि जिल्ल परीक्षा समन्वय समितिले जिल्लाको परीक्षा रद्द गर्ने निर्णय गरेको थियो ।

तर प्रदेशभरी एउटै प्रश्नपत्र हुने भएकाले प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाकै विज्ञान विषयको परीक्षा रद्द गरिएको हो ।

रद्द गरिएको परीक्षा चैत २२ गते हुने बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org