राजधानीका ९ स्थानमा तत्काल आकाशे पुल आवश्यक
काठमाडौं ।
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि तत्काल नौ स्थानमा आकाशे पुल निर्माण गर्नुपर्ने भएको छ । उपत्यकामा दिनानुदिन बढ्दै गएको सवारी साधनले मानिसलाई सडकमा आवतजावत गर्न समस्या भएको भन्दै तत्काल नौ स्थानमा आकाशे पुल निर्माण गर्नुपर्ने भएको हो ।
नयाँबानेश्वर, पुतलीसडक, केशरमहल, कालिमाटी चोक, थापाथली चोक, कोटेश्वर चोक, चावहिल, गौशाला चोक र नारायणगोपाल चोकमा आकाशे पुल निर्माण गर्नुपर्ने भएको हो । यस्तै, लैनचौर, त्रिपुरेश्वर चोक, बालाजु चोक, माइतीघर, शङ्करदेव, बसुन्धरा चोक, ल्होत्से चोक, स्वयम्भू चोक र टेकुमा समेत आकाशेपुल आवश्यक रहेको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा सोमबार र मङ्गलबार नेपाल पुलिस क्लबमा यातायात व्यवसायी तथा सरकारी तथा गैरसरकारी संस्थासँग उपत्यकाको ट्राफिक सुधारको बारेमा छलफल गरिएको थियो । छलफलमा ट्राफिक सुधारका लागि आगामी दिनमा चाल्नुपर्ने कदमको बारेमा समेत छलफल भएको थियो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्त उपत्यकामा बढ्दै गएको सवारी साधनसँगै आकाशे पुलको आवश्यकता बढेर गएको बताउँछन् । “जथाभावी बाटो काट्दा दुर्घटना बढ्दै गएको छ, यसलाई रोक्न पनि आकाशे पुल आवश्यक छ”, उनी भन्छन् ।
महाशाखा प्रमुख पन्त उपत्यकाभित्रका महानगर तथा नगरपालिका र सडक विभागले आकाशे पुल निर्माणका लागि आ–आफ्नो योजना प्रस्तुत गरिसकेको भन्दै ती योजना चाँडै कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्छन् ।
हाल काठमाडौँ उपत्यकाको नयाँ बसपार्क, पुरानो बसपार्क, भोटाहिटी, जमल, वीरअस्पताल, सुन्धारा, पुल्चोक साथै नयाँ बनेका काभ्रे–कोटेश्वर सडक र कोटेश्वर–कलङ्की सडकमा समेत आकाशे पुल निर्माण भएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला उपत्यकाका धेरै स्थानमा आकाशे पुलको आवश्यकता रहेको बताउँछन् । “नयाँ बन्न लागेका पुल दिगो र टिकाउ खालको हुुुनुपर्छ”, उनी भन्छन् । पुल निर्माणसँगै उपत्यकाको सवारी दुर्घटनामा कमी आउने उनको भनाइ छ ।
कोटेश्वरदेखि कलङ्कीसम्म चीन सरकारले बनाएको नयाँबाटोमा दुर्घटना कम गर्न तथा जथाभावी बाटो काट्ने प्रवृत्ति रोक्न सडकको दायाँ बायाँ बार लगाउनुपर्र्ने आवश्यकता देखिएको महाशाखाले जनाएको छ ।
काठमाडौँ उपत्यकाभित्र ३०० स्थानमा जेब्रा क्रसिङ र लेनलाई मर्मत गर्नुपर्ने महाशाखाले जनाएको छ । सिंहदरबारदेखि कमलपोखरीसम्मका २७ स्थान, थापाथलीदेखि कालीमाटीसम्मका २६ स्थान, जनसेवादेखि दरबारमार्गसम्म ४६ स्थान, गौशालादेखि चुच्चेपाटीसम्म २३ स्थान, कोटेश्वरदेखि पेप्सीकोलासम्म २८ स्थानमा जेब्रा क्रसिङ तथा लेन मर्मत गर्नुपर्ने भएको छ ।
यस्तै, जावलाखेलदेखि एकान्तकुना हुँदै शशिभवनसम्म ३० स्थान, ठिमी चोकदेखि सूर्यविनायक हुँदै कमलविनायकसम्म १९ स्थान, कौशलटारदेखि परीक्षा नियन्त्रण कार्यालयसम्म ३२ स्थान, सातदोबाटोदेखि महालक्ष्मीस्थानसम्म आठ स्थान, कलङ्कीदेखि थानकोटसम्म १५ स्थान, नयाँ बसपार्कदेखि बूढानीलकण्ठसम्म १३ स्थानमा जेब्रा क्रसिङ र लेनलाई मर्मत गर्नुपर्ने भएको छ ।
यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख बढी सवारी साधन सञ्चालनमा रहेका छन् । तीमध्ये ११ लाख हाराहारीमा सवारी साधन काठमाडौँ उपत्यकामा सञ्चालित छन् ।
Comments
अरु समाचार
-
विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच...
-
विपीन जोशीको रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायसँग परराष्ट्रमन्त्री डा. राणाको आग्रह
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको...
-
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं। झापाको विर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत विर्तामोड नगरपालिका–६ कुमारी चोकस्थित प्र१–०१–०१३प २८०९ नम्बरको...
-
एसईईको ग्रेडवृद्धिमा ५६ दशमलव ७८ प्रतिशत उत्तीर्ण
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार एसईईको...
-
आईसीसी विश्वकप लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै
काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किंग सिटीमा नेपालले आज यो श्रृङ्खलाको...
-
लेबनानमा इजरायलकोे आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ सय ९२
जेरुसलेम । लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ सय ९२ पुगेको छ । हिजो बिहानदेखिको इजरायली आक्रमणबाट...
-
केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने
काठमाण्डौ ।अबका केही दिन देशभरको मौसममा फेरबदल आउने र पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा मेघगर्जनरचट्याङ र...
-
आजको राशिफलः २०८१ असोज ८ गते मंगलवार
मेषः अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले...