ताजा समाचार

विप्लव समूहको कब्जमा रहेको वाणिज्य बैंकको भवनमा प्रहरीले डोजर लगायो

बुटवल ।

प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव समूहले कब्जा गरेर प्रयोग गरिरहेको बुटवलमा रहेको राष्ट्रिय वाणिज्य बैंकको भवनमा प्रहरीले डोजर लाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलले शुक्रबार भवनमा डोजर लगाएर भत्काएको हो । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर भवन भत्काइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए ।

राष्ट्रिय बाणिज्य बैंकको यो भवन १३ वर्षअघि तत्कालीन माओवादीले कब्जा गरेको थियो । माओवादी विभाजनपछि मोहन वैद्य समूह हुँदै पछिल्लो पटक विप्लव नेतृत्वको समूहले प्रयोग गर्दै आएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org