ताजा समाचार

विभिन्न कलेजमा तोडफोड, नेविसंघका १५ जना कार्यकर्ता पक्राउ

काठमाडौं ।

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले राजधानी विभिन्न कलेजमा तोडफोड गरेका छ । पोखरा विश्वविद्यालयको शुल्कको विषयलाई लिएर नेविसंघले राजधानीका तीनवटा कलेजमा तोडफोड गरेको हो ।

उनीहरुले बानेश्वरको एपेक्स कलेज, राजधानी कलेज र एसएम कलेज तोडफोड गरेका हुन्। कलेज तोडफोड गर्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org