ताजा समाचार

जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

तीन जना घाइते

ओखलढुङ्गा । ओलखढुङ्गामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको मानेभन्ज्याङमा गाउँपालिका ६ मा भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको हो ।

बा १६ च २२०६ नम्बरको स्कार्पियो जीप हलेसीबाट काठमाडौं आउँदै गरेको थियो । तीन जना घाइते भएका प्रहरीले जनाएको छ । मृतकहरुको सनाखत हुने सकेको छैन् ।

जिल्ला प्रहरी कार्यालयले स्थानीय मानेभन्ज्याङ प्रहरी चौकीबाट प्रहरी टोली उद्दारका लागि पुगेको जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org