चिटको भरमा २२ हजारसवारी चालक
बाँके ।
सरकारले पुरानो किसिमको सवारीचालक अनुमतिपत्र खारेज गर्दै विसं २०७२ मा मेसिन रिडेबल (स्मार्ट) लाइसेन्स जारी गर्न शुरु ग¥यो । ट्रायल दिएर लाइसेन्स कार्ड लिनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ ।
यातायात व्यवस्था विभागले समयमै लाइसेन्स वितरण गर्न नसक्दा धेरै चालक ट्रायल पास गरेको कागज (चिट) बोकेर हिँड्न बाध्य छन् ।
तयारीबिना पुरानो लाइसेन्स खारेज गर्दै स्मार्ट लाइसेन्स शुरु गरेपछि नवीकरण गरेका र ट्रायल पास गरेका सवारी चालक लाइसेन्सविहीन छन् ।
यातायात व्यवस्था कार्यालय बाँकेमा मात्रै विसं २०७३ महीनादेखि हालसम्म ट्रायल पास र पुरानो लाइसेन्स नवीकरण गरेका ६० हजारमध्ये ३८ हजारले मात्रै स्मार्ट लाइसेन्स पाएका छन् ।
कार्यालयका अनुसार अझै २२ हजारले स्मार्ट लाइसेन्स पाएका छैनन् । स्मार्ट लाइसेन्सका लागि लिखित र प्रयोगात्मक दुवै किसिमका परीक्षा दिइ पास भएका र नवीकरण गरेकाले हालसम्म स्मार्ट लाइसेन्स पाउन नसक्दा सवारी चालक यातायात व्यवस्था कार्यालयले ट्रायल पास भएर राजश्व तिरेपछि कार्यालयले दिएको चिटको भरमा सवारी चलाउन बाध्य छन् ।
सरकारले पूर्व तयारीबिना स्मार्ट लाइसेन्स लागू गर्दा वितरणमा समस्या देखिएको हो । यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स लागू गर्ने योजना ल्याएपछि कार्डको छपाइमा छिटोछरितो गर्न नसकेकै कारण सवारीचालक समस्यामा परेका छन् । सवारी चालक नरेन्द्र रेग्मी भन्छन्, “चिटको भरमा कहिलेसम्म गाडी चलाउनु ?”
यातायात कार्यालय धाउँदाधाउँदै हैरान भइसकेको उनको गुनासो छ । ‘सेवाग्राहीले कहिलेसम्म दुख पाउने ? यति सानो काममा पनि सरकारले जनतालाई सेवा दिन सक्दैन भने अरु के आशा गर्ने ?’ पाँच महीनादेखि चिटकै भरमा गाडी चलाइरहेका रेग्मीले भने, “यातायातका कर्मचारीले विभागबाट लाइसेन्स छापिएर आएको छैन भन्छन् ।”
सरकारले स्मार्ट लाइसेस वितरण ०७२ मङ्सिरदेखि वाग्मती अञ्चलबाट शुरु गरेको थियो । विसं २०७३ साउनदेखि स्मार्ट लाइसेन्स वितरण देशैभर पु¥याइएको भए पनि ट्रायल पास र नवीकरण गरेकाले लामो समय वितिसक्दा पनि लाइसेन्स पाएका छैनन् । शुरुमा लाइसेन्स वितरणमा केही समस्या आएको यातायात कार्यालय बाँकेका खरिदार मुकुन्द केसीले बताए ।
उनका अनुसार पछिल्लो समयमा विभागले छपाइमा तदारुकता देखाएपछि समस्या सहज हुँदै गएको छ । खरिदार केसीले भने, “स्मार्ट लाइसेन्स विभागमार्फत नै स्मार्ट लाइसेन्स छपाइ हुने भएकाले जिल्ला तहमा हामीले केही गर्न सक्दैनौं । यस विषयमा विभागले नै चासोका साथ सहजीकरण गरिरहेको छ । अब विस्तारै समस्या हट्दै जाने र वितरण सहज हुन्छ ।”
समस्यामा ट्राफिक प्रहरी
सवारी चालकले चिटको भरमा सवारी चलाउँदा वास्तविक चालक हो कि होइन भन्ने पहिचान गर्न समस्या हुने ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायको भनाइ छ । उनले भने, “कतिपय सवारी चालकसँग परिचय खुल्ने कागजात नहुँदा चालकले अर्को व्यक्तिको रसिद बोकेर सवारी चलाउँदा पहिचान गर्न समस्या हुने गर्छ ।”
उनका अनुसार ट्रायल पास गरेपछि सम्बन्धित यातायात व्यवस्था कार्यालयले दिने चिटमा चालकको फोटो हुँदैन । ‘चिटमा चालकको फोटो नहुँदा चिटको दुरुपयोग भएको पत्ता लगाउन हामीलाई कठिन छ । एउटाको चिट अर्को चालकले प्रयोग गरे÷नगरेको थाहा नहुँदा चेकजाँचमा समस्या छ,’ प्रहरी निरीक्षक रोकायले भने ।
चिटको दुरुपयोग रोक्न ट्राफिक प्रहरीलाई चुनौती छ भने चिटको भरमा सवारी चलाउने चालक पनि ट्राफिक प्रहरीबाट उत्तिकै पीडित छन् । सही चालकले चिट बोकेर सवारी चलाउँदा पनि ट्राफिक प्रहरीको अनावश्यक केरकार सहनुपरेको सवारी चालक बताउँछन् । ‘लाइसेन्स आएको छैन, चिट देखाउँदा ट्राफिकले धेरै खोजीनीति गर्छन्,’ चालक लालु महतारा भन्छन् ।
त्यसो त ट्राफिक चेकजाँचका क्रममा स्मार्ट कार्ड सक्कली हो वा नक्कली हो, सम्पूर्ण विवरण कार्डमा छन् कि छैनन् भनेर पत्ता लगाउने कार्ड रिडर मेसिन नहुँदा कठिनाई भइरहेको बताउँदै प्रहरी निरीक्षक रोकायले भने, “कतिपयले नक्कली कार्ड बोकेका हुनसक्छन्, हामीसँग स्मार्ट कार्डमा भएको चिप्स पढ्ने मेसिन छैन, नक्कली नै भए पनि छाड्नुपर्ने अवस्था छ ।”
Comments
अरु समाचार
-
आगलागीबाट ३५ लाख बराबरको क्षति
काठमाडौं । यहाँको मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ । लामालेक बजारमा रामदत्त...
-
चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन
काठमाडौं । चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । निमित्त प्रहरी महानिरीक्षक (प्रहरी अतिरिक्त महानिरीक्षक) टेकप्रसाद राईले...
-
विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट
काठमाडौं । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालले नगरपालिका क्षेत्रभित्रका नागरिकको उपचारमा २० प्रतिशत छुट...
-
गर्मीका कारण कञ्चनरुप नगरपालिका विद्यालयमा बिदा
काठमाडौं । तराई–मधेसमा अत्यधिक गर्मी बढेसँगै सप्तरीको कञ्चनरुप नगरपालिका अन्तर्गतका विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाले सूचना जारी गर्दै आजदेखि...
-
विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्वका नेताहरू भेला हुँदै
काठमाडौं । बढ्दो वैश्विक विभाजन, गाजा, युक्रेन र सुडानमा भइरहेका ठूला युद्धहरू र मध्यपूर्वमा अझ ठूलो द्वन्द्वको खतराको छायाँमा विश्वका...
-
कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय...
-
विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच...
-
विपीन जोशीको रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायसँग परराष्ट्रमन्त्री डा. राणाको आग्रह
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको...