ताजा समाचार

बारा पर्सा अपडेटः कुन अस्पतालमा कति घाइते (सूचीसहित)

काठमाडौं ।

गएराति बारा र पर्सामा आएको भीषणा हावाहुरीमा परि घाइते भएकाहरुको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार १ सय १६ जना घाइतेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ ।

त्यस्तै, नेश्नल मेडिकल कलेज, वीरगजमा १ सय जनाको उपचार भइरहेको छ भने वीरगञ्ज हेल्थ केयरमा ३८ जनाको उपचार भइरहेको छ । त्यस्तै, गण्डक अस्प्ताल, वीरगञ्जमा २८ जना गरी २ सय ८२ जनाको जिल्लामा उपचार भइरहेको छ ।

गम्भीर घाइते ६ जनालाई भने नेपाली सेनाको स्काई ट्रक विमानमार्फत काठमाडौं ल्याइएको छ । काठमाडौं ल्याएका घाइतेको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार सुरु भएको छ ।

बारामा हावाहुरी तथा असिना पानीको कारणले घर र इट्टाको चिम्नी भत्किँदा ठूलो मानवीय क्षति भएको हो । हाल घटनामा ज्यान गुमाएकाको खोजी, घाइतेको उद्दार, उपचार र रहातका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टाली खलिटएको छ ।

घटनामा मृतक मध्ये २३ जनाको सनाखत भएको छ भने ३ जनाको सनाखत हुन सकेको छैन । नारायणी शिक्षण अस्पताल, वीरगञ्जमा पठाइएको मध्ये एक जनाको उपचारकै क्रममा मृत्यु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org