भूकम्प अपडेट: सोलुखुम्बुमा दुई घरमा क्षति
काठमाडौं । आज बिहान गएको भूकम्पका कारण सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ।
थुलुङ दूधकोशी–७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुङ्गामाटोको गारो र ढुङ्गाकै छानो भएको दुईतले घरमा क्षति पुगेको प्रहरीले जनाएको हो।
खुम्बु पासाङल्हामु गाउँपालिका–५ हेलाजुङ बस्ने आङङिमा शेर्पाको ढुङ्गा, माटो र टिनको छानाको दुईतले घरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिएका छन्। उनका अनुसार घटनास्थलतर्फ प्रहरी टोली खटाइएको छ। क्षति बारे यकिन विवरण आउन बाँकी छ।
भूकम्पका कारण जिल्लामा भएको क्षतिबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन। सम्भावित उद्धार तथा राहतका लागि प्रहरीसहित सबै संयन्त्र तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताएका छन्।
मङ्लबार बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । शक्तिशाली भूकम्पको धक्का नेपालको पूर्वी क्षेत्र हुँदै काठमाडौँ उपत्यकासम्म महसुस भएको थियो।
Comments
अरु समाचार
-
‘सम्झना टोल विकास संस्था’ को साधारणसभा सम्पन्न, विकासप्रेमी केदार कार्की पुनः अध्यक्षमा चयन
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको...
-
पत्रकार केशव भट्टराई विराटनगरमा सम्मानित
विराटनगर । पत्रकार केशव भट्टराई सम्मानित भएका छन् । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं...
-
कोशी प्रदेशकै नमुना मानिन्छ ‘सम्झना टोल विकास संस्था’, शनिबार साधारणसभा
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभा यही कार्तिक २२ गते शनिबार...
-
नुम्बुर हिमालको चुचुराेमा पहिलाे पटक मानव पाइला !
काठमाडाैं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ मा अवस्थित नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ । प्रसिद्ध धार्मिकस्थल दुधकुण्ड...
-
खाँदबारीमा जुवातास खेलिरहेका सात जना पक्राउ
काठमाडौं । सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट जुवातास खेल्ने सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले खाँदबारी नगरपालिका–१ बसपार्कबाट जुवातास...
-
नख्खुबाट फरार कैदी खाँदबारीमा पक्राउ !
काठमाडाैं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका दोसी खाँदबारी नगरपालिका –८ का २७ वर्षीय विशाल विश्वकर्मा (बिबेक)...
-
सप्तरीमा गोली हानेर पुजारीको हत्या !
काठमाडौं। सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको हत्या भएको छ । ७३ वर्षीय पुजारी रामदुलार साहको आज...
-
झापामा खोलामा डुबेर तीन बालिकाको मृत्यु
काठमाडाैं । झापाकाे गौरादह नगरपालिका-९ स्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर ३ जना बालिकाको मृत्यु भएको छ। उनीहरुकाे बिहीबार दिउँसाे...
-
संखुवासभामा टिपर दुर्घटना चालक र सहचालक सामान्य घाइते !
काठमाडौं । संखुवासभामा इँटा बोकेको टिपर दुर्घटना भएको छ। जिल्लाकाे चैनपुर नगरपालीका–११, पुलडाँडा नजिकै लेगुवा–खाँदबारी सडक खण्डमा मधेश प्रदेश ०३–००१...












