ताजा समाचार

बारा पर्सामा भएको मानवीय क्षतिप्रति राष्ट्रपति र उपराष्ट्रपतिद्वारा दुस्ख व्यक्त

काठमाडौं ।

बारा र पर्सामा भीषणा हावाहुरीबाट भएको मानवीय क्षतिप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छन् ।

ठूलो संख्यामा सर्वसाधारण घाइते भएकोमा सहानुभूति प्रकट गर्दै उनले घाइतेको यथाशीघ्र उपचारको प्रबन्ध मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले आँधीले घर, सवारी साधन, अन्नबाली, फलफूल खेती र भौतिक संरचनामा पुर्‍याएको क्षतिप्रति दुस्ख व्यक्त गर्दै राहतको व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन् ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि बारा र पर्सामा भएको घटनाप्रति दुस्ख व्यक्त गरेका छन् । अकल्पनीय प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजन प्रति समवेदना व्यक्त गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org