ताजा समाचार

बसमा आगलागी : २० जनाको मृत्यु

लिमा ।

पेरुको राजधानी लिमामा आइतबार अबेर राती एउटा बसमा भएको आगलागीमा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।

लामो बाटोमा चल्ने यो बस लिमाबाट चिक्लायोतर्फ गइरहेको थियो । उक्त बसमा खचाखच यात्रु रहेका थिए । गुडिरहेको बसमा अकस्मात आगो लागेको थियो ।

उक्त आगलागीको कारण हालसम्म पत्ता लाग्न सकेको छैन । आगलागीको कारण अनुसन्धानरत रहेको प्रहरीले जानकारी दिएको छ ।

पेरुमा यस वर्षको शुरुबाट हालसम्म भएको यो दोस्रो ठूलो दुर्घटना हो । यसअघि पनि गत जनवरी २५ मा मध्य पेरुमा रहेको एक नदीमा बस खस्दा कम्तीका १० यात्रुको मृत्यु हुनुको साथै अन्य ३० घाइते भएका थिए । पेरुमा सवारीका साधनहरु दुर्घटनामा पर्ने घटनाहरु बारम्बार भइरहन्छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org