ताजा समाचार

हावाहुरी प्रभावित क्षेत्रमा प्रधानमन्त्रीले गरे हेलिकोप्टरबाट निरिक्षण

काठमाडौं । गएराति हावाहुरीबाट प्रभावित क्षेत्रको निरिक्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओली हेलिकोप्टर चढेर पुगेका छन् ।

प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्र बाराको फेटा गाउँपालिकाको हेलिकोप्टरबाट निरीक्षण गरेका हुन् ।

आइतबार गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री ओलीसहितको टोली नेपाली सेनाको हेलिकोप्टरमा बारा पुगेका हुन् । टोलीमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई र तीन वटै सुरक्षा निकायको प्रमुख थिए ।

हेलिकोप्टर कलैयास्थित सेनाको क्याम्पमा अवतरण भएको थियो । त्यहाँ उनले हावाहुरीबाट भएको क्षति, उद्धार तथा राहतमा भइरहेको प्रयासबारे जानकारी लिएका छन् । उनले कलैया अस्पतालमा रहेका विरामीहरुलाई भेट्नेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org