ताजा समाचार

नेकपाका सांसदले प्रभावित क्षेत्रका परिवारलाई एक दिनको तलब दिने

काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदहरुले हावाहुरी प्रभावित क्षेत्रका परिवारलाई एक महिनाको पारिश्रमिक दिने भएका छन् ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुबाट एक दिनको पारिश्रमिक वरावर रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिने जानकारी दिएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री ओलीले लेखेका छन्– बारा र पर्सामा आएको त्रासद् आँधी प्रभावित परिवारको सहयोगार्थ हामी जहाँ छौं त्यहीँबाट सक्रिय रहन म सवैमा आह्वान गर्दछु । संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुबाट एक दिनको पारिश्रमिक वरावर रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिने समेत जानकारी गराउँछु ।

हावाहुरीका कारण बारा र पर्सामा ३२ जनाको ज्यान गएको छ भने ५ सय भन्दा धेरै घाइते भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org