ताजा समाचार

भीषण हावाहुरीबाट घाइते भएकाहरुलाई भेटेपछि देउवाले यस्तो भने

काठमाडौं ।

नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवा अहिले हावाहुरी प्रभावित क्षेत्रमा छन् । आइतबार साँझको हावाहुरीले पुगेको क्षतिको अवलोकलन तथा निरीक्षणका लागि सभापति देउवा त्यहाँ गएका हुन् ।

उनले हावाहुरीका कारण घाइते भएका नागरिकको उपचारमा अझै चुस्सता आवश्यक रहेको बताएका छन् । घाइतेहरुको उपचारका लागि केन्द्रबाट सरकारले चिकित्सक र स्वास्थ्यकर्मीहरु प्रभवित क्षेत्रमा पठाउनपर्ने देखिएको सभापति देउवाको भनाइ छ ।

कपिलवस्तुबाट हेलिकप्टरमा बिहान ८ बजे देउवा बारा पुगेका थिए । देउवाले त्यहाँ पुगेर विरगंजको नारायणी अंचल अस्पतालमा उपचारत घाइतेहरुसँग भेटघाट गरेका छन् ।

भेटघाटपछि देउवाले उपचारमा अझै तिब्रता दिन आग्रह गरेका छन् । ‘सरकारले केही चिकित्सक र स्वास्थ्यकर्मीहरु केन्द्रबाट पठाउनु पर्ने देखिएको छ । त्यसको प्रवन्ध गर्न म सरकारसँग आग्रह गर्दछु ।’ उनले फेसबुकमा भनेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org